एजेन्सी,मंसिर २७
जरी युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब टीएसजी होफेनहाइनलाई २–१ ले पराजित गरेको छ ।
लिरोए सानेको दुई गोल मद्दतमा सिटीले एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकालेको हो ।
घरेलु मैदान इतिहाद स्टेडियममा सिटी खेलको १६औं मिनेटमा पछि परेको थियो । सिटीका लापोर्टेले विपक्षी खेलाडीलाई बक्समा फउल गरेपछि पाहुना टोलीले पेनाल्टीमा गोल गर्दै खेलमा १–० को अग्रता बनाएको थियो । एन्ड्रिज क्रामारिकले गोल गरे ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लिरोए सानेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सानेले फ्रिकिकमार्फत सुन्दर गोल गरेका थिए ।
६१औं मिनेटमा सानेले रहिम स्ट्रलिङको पासलाई गाृलमा परिणत गर्दै खेलमा सिटीलाई २–१ को अग्रता दिलाए । त्यसपछि पनि सिटीले टीएसजीको पोस्टमा पटक–पटक आक्रमण बुनेपनि टीएसजीका गोलरक्षक बाधक बन्दा थप गोल हुन सकेन ।
यसअघि नै नकआउट चरणमा पुगिसकेको सिटीले समूह ‘एफ’ मा १३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । टीएसजी ३ अंक जोडेर पुछारमा रह्यो ।यही समूहको अर्काे खेलमा लियोन र साख्तर डोनेक्सले १–१ गोलको बराबरी खेले । बराबरी पछि लियो समूह उपविजेताको रुपमा अघि बढेको छ भो साख्तर ६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।