विराटनगर, मंसिर
धनकुटाको चौविसे गाउँपालिकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको चौविसे गाउँपालिका–३ स्थित बन्दुके डाँडाबाट प्रहरीले भरुवा बन्दुक सहित १७ वर्षिय जिवन याख्खालाई पक्राउ गरेको हो ।
पक्राउ गरिएका याख्खाले स्थानिय १६ वर्षिय मनोज तामाङसँग सामन्य बिवाद हुँदा भरुवा बन्दुक देखाएर पड्काएका थिए । भरुवा बन्दुक सहित पक्राउ परेका याख्खालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको उक्त कार्यालयले जनाएको छ ।