काठमाडौँ, मंसिर २७
प्रदीप खड्का र नव नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘लिलिबिली’ युट्युबमा सार्वजनिक भएको छ ।
गत बर्षको चैत्रमा रिलिज भएको सो चलचित्र बिहीबार युट्युबमा सार्वजनिक भएको छ ।
अभिनेता प्रदीप खड्का र नव नायिका जसिता गुरुङको मुख्य भूमिका सो चलचित्रमा प्रियंका कार्की , अनुप बिक्रम शाही, सबिन श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
व्यवसायिक हिसावमा औषत व्यपार गरेको लिलिबिलीलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् ।