वर्डक्याम्प विराटनगरको तयारी अन्तिम चरणमा

वर्डक्याम्प विराटनगरको तयारी अन्तिम चरणमा

विराटनगर, मंसिर २८

संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने र ओपेन सोर्स सिएमएस वर्डप्रेस सम्बन्धि एक दिने सेमिनार ’वर्डक्याम्प’ पुस ७ गते विराटनगरमा हुने भएको छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम हो । संसारभरिका ५ सय भन्दा बढि सहभागीहरुको उपस्थिति रहने यस वर्डक्याम्पको तयारी अन्तिमरुपमा पुगेको आयोजक समितिका सुजित झाले बताए ।

उनले कार्यक्रमलाई अन्तराष्ट्रियस्तरको बनाउनका लागि आफुहरु तयार रहेको जानकारी दिए । होटेल एसियाटिकमा हुने यस कार्यक्रममा विभिन्न देशका राष्ट्रिय र अन्तराष्ट्रिय ख्यातिप्राप्त ४ सयभन्दा बढी नेपाली तथा विदेशी वर्डप्रेस विशेषज्ञ सामेल हुनेछन् ।

विश्वभरि रहेका प्रविधिसम्बन्धी काम गर्ने विश्वव्यापी कम्पनी जेटप्याक, वुकमर्स, ब्लुहोस्ट, गोडेडिसहित सफ्टवेरिका कलेज, रारा थिम लगायतको सहयोगमा कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ ।

कार्यक्रममा वर्डप्रेस सहित प्रविधिका विषयमा जानकारीहरु आदानप्रदान हुनेछ । यसै गरि वर्डक्याम्पकै अवसर पारेर सामाजिक कार्य गरिरहेका विभिन्न संस्थाहरुको वेभसाइट निशुल्क रुपमा बनाएर हस्तान्तरण गरिने, वर्डप्रेसको म्युजियम , जब फेयर , प्रदेश १ मा संचालन हुने विभिन्न स्टार्टअप कम्पनीहरुको सामूहिक उद्घाटन लगायतका कार्यक्रम हुने आयोजक समितिका कमल साहले बताए ।

कार्यक्रममा प्लाटिनम स्पन्सरमा वुकमर्स, जेटप्याक, ओसन डब्लु पि, डब्लु पि इभेन्ट म्यानेजर, सफ्टवेयरिका कलेज , गोल्ड स्पन्सरमा गोड्याडि, सिल्भर स्पन्सरमा ब्लुहोस्ट, एफ थिम, रारा थिम, विडेभ्स, ब्रोन्ज स्पन्सरमा योस्ट एकाडेमी, सुपर्ब थिम्स, डब्लुपि ड्रिजल, पाइला टेक्नोलोजी रहेका छन् ।

यसै गरि पेमेन्ट पार्टनर इसेवा र मिडिया पार्टनरमा रुपमा मकालु टेलिभिजन, आवर विराटनगर डट नेट, कोशी एफएम, टेकपात्रो डटकम र डिभोटप्रेस डटकम रहेका छन् । कार्यक्रमकाबारेमा थप जानकारीका लागि वर्डप्रेसको केन्द्रिय कार्यालयले उपलब्ध गराएको आधिकारीक वेबसाइट www.2018.biratnagar.wordcamp.org हेर्न सकिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.