नुवाकोट, मंसिर २९
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा हिजो साझ भएको मिनिट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । घाइते १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी नायव उपरिक्षक भीमलाल भटट्राईका अनुसार थप २ जनाको पनि मृत्यु भएको छ ।
१ को अस्पताल लैजादैं गर्दा र अर्काको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा तीन महिला र १७ पुरुषको ज्यान गए पनि हालसम्म ५ जनाको मात्र सनाखत हुन सकेको छ ।
प्रहरीका अनुसार मृतक मध्ये रिभल तामाङ, आइते तामाङ, रितेश पण्डित, केनम तामाङ, र शुकराम तामाङको मात्रै पहिचान खुलेको छ । सवारीसाधन अभाव भएपछि घाइतेलाई अवेर राति मात्रै काठमाडौं लगिएको छ ।
काठमाडौंमा ८ को शिक्षण अस्पताल र ७ जनाको विपी स्मृति अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अधिकांश सिम्टाङस्थित आफन्तकोमा आयोजित घेवामा सहभागी भएर घर फकिर्दै थिए ।
मिनिट्रक सडकबाट करिब ५ सय मिटर तल तादी खोलामा खसेको थियो ।