लायन्सको महिला विशेष प्रशिक्षण सम्पन्न

लायन्सको महिला विशेष प्रशिक्षण सम्पन्न

विराटनगर,मंसिर २९
लायन्स क्लब इन्टरनेशनल ३ सय २५ ए वान ले लायनिज्ममा महिलाको भूमिका बिषयक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । विराटनगर आयोजना गरिएको कार्यक्रममा १ सय ५० बढी महिला तथा विभिन्न क्याम्पस तथा विद्यालयका छात्राहरु सहभागि भएका छन् ।

कार्यक्रममा लायन्स क्लब आबद्ध तथा समाजसेवामा समर्पित महिलाहरुका साथै पुर्वाञ्चल विश्वविद्यालयमा अध्यनरत छात्राहरुले सहभागिता जनाएको आयोजक संस्थाकी ओमैन सिम्पोजियम चीफ पद्मा रिजालले जानकारी दिइन् ।

महिला शसक्तिकरण कार्यक्रम अन्तरगत आयोजना गरिएको कार्यक्रमका सहभागिलाई प्राडा शान्ति सुवेदी र मानवअधिकारबादी तथा अधिवक्ता सञ्जु साहले प्रशिक्षण दिएकी छन् ।

सो अवसरमा आयोजक संस्थाका निर्वतमान गर्भनर लिला ढुंगेल,फस्र्ट भाइस डिस्ट्रीक गर्भनर राजन खत्री र क्याबिनेट सेक्रेटरी रेबतबहादुर कार्की लगायतले समाजसेवामा महिलाको भूमिका विषयमा धारणा राखेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.