विराटनगर, मंसिर २९
नेपाल रेडक्रस सोसाइटीको प्रदेश १ कार्यालय शनिबार विराटनगरमा स्थापना गरिएको छ । रेडक्रसका अध्यक्ष संजिव थापाले रेडक्रस मोरङ परिसरस्थित भवनमा प्रदेश कार्यालयको उद्घाटन गरे ।
अध्यक्ष थापाले झापाका कृष्णप्रसाद न्यौपानेको संयोजकत्वमा गठित १५ सदस्यीय रेडक्रसको प्रदेश १ कार्य समितिको पदस्थापन समेत गराएका छन् । उनले संबिधानको भावनाअनुसार रेडक्रसलाई संघीय ढाँचामा विकास गरेर अझै प्रभावकारी सेवा प्रदान गर्ने बताए ।
संयोजक न्यौपानेले प्रदेशस्थित १४ वटै जिल्ला शाखासँग समन्वय गरेर रेडक्रसको सेवा प्रभावकारी रुपमा कार्यान्वयन गराउने प्रतिबद्धता जनाएका छन ।
उनले एक वर्षभित्र रेडक्रसको प्रदेश कार्यसमितिको निर्वाचन गराएर नयाँ नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाए । यसैगरी नेपाल रेडक्रस सोसाइटीको प्रदेशस्तरीय पहिलो बैठक पनि सम्पन्न भएको छ ।