एजेन्सी,पुस १
जरी इटालियन सिरी ‘ए’ फुटबलमा शनिबार राती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि युभेन्टसले टोरिनोलाई १–० ले पराजित गरेको छ ।
टोरिनोको घरेलु मैदानमा प्रतिस्पर्धात्मक बनेको खेलमा रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो । खेलमा विपक्षी गोलरक्षकको गल्तीमा रियलले ७०औं मिनेटमा पेनाल्टीको मौका पाएको थियो ।
सिमोन जाजाको ब्याकपासमा अर्मान्डो इजोले छोडेको बलमा टोरिनोका गोलरक्षकले हातले बल समाएपछि रियलले पेनाल्टीको मौका पाएको थियो । जसलाई रोनाल्डोले सदुपयोग गरे । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस १–० ले विजयी हुन सफल भयो ।
जितपछि युभेन्टसले आफ्नो शीर्षता थप पकड बनाएको छ । युभेन्टसको १६ खेलबाट ४६ अंक पुगेको छ ।