अमेरिकासँग १६ वर्षपछि उच्चस्तरीय वार्ता हुने, समकक्षीको निम्तोमा जाँदै पराराष्ट्रमन्त्री

अमेरिकासँग १६ वर्षपछि उच्चस्तरीय वार्ता हुने, समकक्षीको निम्तोमा जाँदै पराराष्ट्रमन्त्री

काठमाडौँ : १६ वर्षपछि नेपाल र अमेरिकाबीच उच्चस्तरीय वार्ता हुने भएको छ ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

अमेरिकी समकक्षी माइक आर पोम्पियाको निमन्त्रणामा जान लागेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ३ र ४ पुसमा उच्चस्तरीय वार्ता गर्नेछन् । भ्रमणकै अवसरमा बस्ने परराष्ट्रसचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा दुई देशको सम्बन्धका सबै पक्षबारे छलफल हुनेछ ।

लामो समय छिमेक (भारत र चीन) मामिलामा केन्द्रित भएको नेपालले कुटनीतिक दायरा फराकिलो बनाउँदै छ । भारत र चीनबाहेक जापान र मंगोलिया भ्रमण गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आइतबार राति अमेरिकाको औपचारिक भ्रमणमा जान लागेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.