स्वास्थ्य मन्त्रालयले १२ करोड विद्युत् महसुल बुझाउन बाँकी

स्वास्थ्य मन्त्रालयले १२ करोड विद्युत् महसुल बुझाउन बाँकी

काठमाडौं : स्वास्थ्य मन्त्रालयले बिजुली उपयोग गरेबापतको १२ करोड रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छैन।  यो सबैभन्दा बढी बिजुली महसुल बाँकी राख्ने मन्त्रालय हो।

मन्त्रालय र सरकारी कार्यालयले मात्र ३१ करोड ३६ लाख रुपैयाँ महसुल बुझउन बाँकी राखेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए। ‘मन्त्रालयमध्ये सबैभन्दा बढी १२ करोड रुपैयाँ स्वास्थ्य मन्त्रालयले बुझाउन बाँकी छ,’ उनले आइतबार नागरिकसँग भने, ‘अन्य मन्त्रालयले पनि महसुल बुझाउन बाँकी छ।

उनीहरुको बक्यौता महसुल स्वास्थ्य मन्त्रालयको भन्दा केही कम छ।’ बेलैमा महसुल नबुझाउने मन्त्रालयमा यातायात, संघीयलगायत रहेको प्रवक्ता अधिकारीको भनाइ छ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.