विदेशी कामदारको तलव कटौती गर्ने मलेसियाको प्रस्ताव

विदेशी कामदारको तलव कटौती गर्ने मलेसियाको प्रस्ताव

काठमाडौँ,पुस १
मलेसियाले आफ्नो देशमा कार्यरत विदेशी कामदारको न्युनतम् तलव २० प्रतिशत कटौती गर्ने प्रस्ताव गरेको छ । मानव संशाधनमन्त्री एम कुलेसागरनले कामदार ल्याउन रोजगारदाताले रकम खर्चिनु पर्ने भएकाले न्युनतम् तलब घटाउनु पर्ने प्रस्ताव राखेका हुन् ।

मन्त्री कुलेसागरनले केही समयअघि मात्र नेपालसँग कामदार लैजाँदा लाग्ने सबै खर्च रोजगारदाताले व्यहोर्ने सहमति गरेका थिए । यसले नेपाली कामदारहरु निःशुल्क रुपमा रोजगारीका लागि मलेसिया जान पाउने भएका थिए ।

तर, नेपालसँग भएको सहमति कार्यान्वयन नहुँदै विदेशी कामदारलाई न्यूनमत तलब कटौतीको प्रस्ताव राखेका छन्, जसले मलेसिया जाने नेपाली कामदारहरु फेरि मारमा पर्ने देखिएको छ ।

यसरी न्यनतम तलबमै २० प्रतिशत काटौती भए कार्यरत झण्डै ४ लाख भन्दा बढी नेपाली कामदार प्रभावित हुनेछन् । यो प्रस्तावले रोजगारदाता र कामदार दुबैको जित हुने उनको तर्क छ ।

उनका अनुसार यसरी कटौती गरिने तलब समाजिक सुरक्षा संगठनमा राखिनेछ र श्रम इजाजत सकिएपछि फर्किनेबेलामा दिइनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.