२ लाख मुल्य बराबरको अवैध सामान बरामद

२ लाख मुल्य बराबरको अवैध सामान बरामद

विराटनगर, पुस १
झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले शनिवार १ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५० किलो हरियो मटर र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको हार्डवेयरका सामान, लत्ताकपडा बरामद गरेको थियो ।

बरामद सामानहरु आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.