चाँदनी बहुद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

चाँदनी बहुद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

विराटनगर, पुस १
विराटनगरको बरगाछिमा रहेको चाँदनी बहुद्देश्यीय सहकारी संस्था लि.को १४ औ साधारण सभा सम्पन्न भएको छ । शनिबार झापाको जामुनखाडीमा संस्थाका अध्यक्ष सागर पोखरेलको अध्यक्षतामा समपन्न साधारण सभाले संस्थाको नयाँ कार्यसमिती चयन गरिएको छ ।

सुभास घिमिरेको अध्यक्षतामा चयन गरिएको सो कार्यसमितीको उपाध्यक्षमा मनिस बङसल, सचिवमा सन्दीप पोखरेल कोषाध्यक्षमा उजल भट्टराई चयन भएका छन् ।

त्यस्तैै सदस्यमा सागर पोखरेल,राम पोखरेल ,जगत गिरी, सुरेन शाक्य, नरेश साह चयन भएका छन् । साधारण सभामा संस्थाका उत्कृष्ट १२ कर्मचारीलाई समेत सम्मान गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.