भारत तर्फ निर्यात गर्दै गरेको डिजल सहित युवक पक्राउ

भारत तर्फ निर्यात गर्दै गरेको डिजल सहित युवक पक्राउ

विराटनगर, पुस २
“सिमावर्र्ती क्षेत्रमा तस्करी नियन्त्रण”गर्ने अभियानअन्तर्गत प्रहरीले आइतवार अन्दाजी १ लाख ३ हजार मूल्य बराबरको डिजल सहित १ युवकलाई पक्राउ गेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले को ३० प ७३८५ नम्बरको मोटरसाईकमा राखेर नेपालबाट भारत तर्फ निर्यात गर्दै गरेको अवस्थामा मोरङ जहदा गाउँपालिका–३ बस्ने २० वर्षीय संजय टुडुलाई पक्राउ गरेको हो ।

बिहान साढे ९ बजे विराटनगर महानगरपालिका–१५ बाट पक्राउ परेका टुडुलाई बरामद डिजल सहित आइतवार बिराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.