विराटनगर, पुस २
काठमाडौं इन्फोसिस विराटनगर शाखाको आयोजनामा आजबाट सुरु भएको एड्मिसन विकको पहिलो दिन भव्यरुपमा सम्पन्न भएको छ ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर आयोजना गरेको एड्मिसन विकको पहिलो दिन भव्यरुपमा सम्पन्न भएको काठमाडौं इन्फोसिस विराटनगर शाखाका सञ्चालक प्रमोद सानीले जानकारी दिए ।
विराटनगरको महेन्द्रचौकमा रहेको सो काठमाडौं इन्फोसिसले विगत १३ वर्षदेखि अष्ट्रेलिया, न्युजिल्याण्ड, जापान, युएसए लगायतका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श सेवा दिदै आईरहेको छ ।
इन्फोसिसले विद्यार्थी जान चाहेको देश अनुसार कलेज /युनिभर्सिटी छान्न सहयोग गर्ने तथा कलेज तथा युनिभर्सिटीको कोर्ष, भर्ना प्रक्रिया, फि लगायतका बारेमा पनि जानकारी दिइने सोनीले बताए ।
उनले विद्यार्थीहरुले काठमाडौं इन्फोसिस विराटनगरमाथि गरेको भरोसाको कदर गर्ने बताउँदै एड्मिसन विकको पहिलो दिनमा आएका सम्पुर्णलाई सेवादिन पाउँदा खुसी महशुस भएको बताए ।