बौद्धनाथ स्तूपमा कसले पार्‍यो हजारौँ प्वाल ?

बौद्धनाथ स्तूपमा कसले पार्‍यो हजारौँ प्वाल ?

काठमाडौं : बौद्धनाथ महास्तूपमा प्वालैप्वाल पारिएकाे छ। विश्वसम्पदामा प्वालैप्वाल पारेको भन्दै बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध मेलम्ची घ्याङ गुठीलाई कारबाही माग गरेको छ।

पुरातत्त्व विभागको अनुमति नै नलिई स्तूप परिसरमा जेनेरेटर राखेको भन्दै त्यसलाई हटाउन र सम्पदा क्षेत्रमा गैरकानुनी काम गर्ने गुठी पदाधिकारीलाई कारबाही गर्नुपर्ने समितिको माग छ। महाचैत्यको हर्मिकादेखि नै प्वाल पारिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार लामाले बताए।

‘हजारौँ प्वाल पारिएको छ’, उनले भने, ‘हामीले रोक्न खोज्दा पनि मानेनन्।’ सबैभन्दा बढी क्षति स्तुपको मेरुदण्ड मानिने ‘सोक्सिङ’(रस्ती) मा परेको छ। १३ तलाको बिचमा हुने सोक्सिङमा अग्राखको काठ हुन्छ। त्यसमा सुनको अक्षरले बुद्धमन्त्र लेखिएको हुन्छ। सोक्सिङको चारै दिशामा पञ्चबुद्धको प्रतिमा राखिएको हुन्छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.