भोज खाएर सुतेका ३ जनाको मृत्यु

भोज खाएर सुतेका ३ जनाको मृत्यु

रुकुम : बिहेभोजसहित रक्सी सेवन गरेर सुेतका ३ जना मेलिपल्ट बिहान मृत भेटिएका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

मुसीकोट नगरपालिका १२ जुम्लावाङका अमर विकका छोराको बिहेमा पाहुना आएका सानीभेरी गाउँपालिका ९ मगरराङजाका ६३ बर्षीय खम्बु कामी, मुसीकोट ११ मलाक्चा लहुँका ५४ बर्षीय केमनासिङ सार्की र मुसीकोट १२ नयाँगाउक २१ बर्षीय लबहादुर विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खड्काका अनुसार मृतकले आईतबार साँझ बिहेघरमा व्यवस्था गरिएभन्दा छुट्टै रक्सी सेवन गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.