एड्मिशन विकमा विद्यार्थीको उत्साहजनक सहभागिता

एड्मिशन विकमा विद्यार्थीको उत्साहजनक सहभागिता

विराटनगर, पुस ३
काठमाडौं इन्फोसिस विराटनगर शाखाको आयोजनामा भईरहेको एड्मिशन विकको दोस्रो दिनसम्म उत्साहजनक रुपमा विद्यार्थीहरुको सहभागिता देखिएको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्र्थीलाई लक्षित गरेर सोमबारबाट सुरु भएको एड्मिसन विकको दोस्रो दिनसम्म विद्यार्थीको उत्साहजनक सहभागिता रहेको काठमाडौं इन्फोसिस विराटनगर शाखाका सञ्चालक प्रमोद सानीले जानकारी दिए ।

एकहप्तासम्म चल्ने एड्मिशन विकमा अष्ट्रेलिया, न्युजिल्याण्ड, जापान, अमेरिका लगायतका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीले विराटनगरको महेन्द्र चौकमा रहेको कार्यालयबाट परामर्श लिन सक्नेछन् ।

विगत १३ वर्षदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्र्थीलाई परामर्श सेवा दिदै आईरहेको काठमाडौं इन्फोसिस विराटनगरले विद्यार्र्थीले जान चाहेको देश अनुसार कलेज र युनिभर्सिटी छान्न सहयोग गर्ने तथा कलेज तथा युनिभर्सिटीको कोर्ष, भर्ना प्रक्रिया, फि लगायतका बारेमा पनि जानकारी दिइने सोनीले बताए ।

उनले विद्यार्थीहरुले काठमाडौं इन्फोसिस विराटनगरमाथि गरेको भरोसाको कदर गर्ने बताउँदै एड्मिसन विकमा आएका सम्पूर्णलाई सेवादिन पाउँदा खुसी महशुस भएको बताए । एड्मिशन विकको दोस्रो दिन आज २५ जना विद्यार्थीहरुले परामर्श लिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.