मोरङ, पुस ४
मोरङको विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले मंगलबार अन्दाजी २ लाख २४ हजार १ सय ४६ रुपैयाँ बराबरको अवैध सामान भन्सार बुझाएको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको किराना समान, १५ थान कोट, १० थान कुर्था सुरुवाल लगायत खाद्यान्न सामान बरामद गरेको हो ।
बरामद सामान आवश्यक कानूनी प्रकृया पश्चात आजै बिराटनगर भन्सार कार्यालय रानीमा बुझाएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।