पेट्रोलको मूल्य २ रुपैयाँ घट्यो

पेट्रोलको मूल्य २ रुपैयाँ घट्यो

काठमाडौँ, पुस ४
नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बैठकले मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २–२ रुपैयाँ घटाउने निर्णय गरेको हो । इण्डियल आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको निगमले जनाएको छ ।

अब पेट्रोल लिटरको ११० र डिजेल तथा मट्टितेल लिटरको ९७ रुपैयाँ पर्नेछ । हवाइ इन्धन र एलपीजी ग्यासको मूल्य भने पुरानै कायम छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.