दाहोरो नागरिकता लिने भारतीयलाई कैद

दाहोरो नागरिकता लिने भारतीयलाई कैद

विराटनगर : जिल्ला अदालत मोरङले दोहोरो नागरिकता लिने तीन जना भारतीय नागरिकलाई कैद र जरिवाना सजायको फैसला गरेको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

एक परिवारका तीन जना भारतीय नागरिकले नेपाली नागरिकता लिएको प्रमाणित भएपछि आदालतले कैद र जरिवानाको फैसला गरेको हो ।

सोमबार जिल्ला न्यायधिश दीपक खनालको इजलासले सिमावर्ती क्षेत्र जोगवनी नगर पञ्चायत वडा नम्बर १० का सन्तोसकुमार साह, उनका भाई नरेश र बुहारी रिङ्कीदेवी साहलाई २–२ वर्ष कैद र ७५–७५ हजार रुपैँया जरिवाना फैसला सुनाएको हो ।

भारतीय नागरिकता हुँदा हुँदै विराटनगर महानगरपालिका– १६ स्थायी ठेगाना देखाएर उनीहरुले नागरिकता लिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.