बोर्ड छ, कार्यालय छैन !

बोर्ड छ, कार्यालय छैन !

विराटनगर : मोरङको बेलबारी पशुबजार क्षेत्रमा रहेको नेपाल टेलिकमको कार्यालय बषौँदेखि प्रयोगविहीन अवस्थामा छाडिएको पाईएको छ ।
बेलबारी क्षेत्रमा सर्वसाधारणको पहुँचमा सञ्चार सुविधा पुर्याउन करिब १५ वर्षअघि उपलब्ध गराईएको भौतिक संरचना अलपत्र र प्रयोगविहीन अवस्थामा रहेको पाईएको हो ।

स्थानीय राजनीतिक दल, नागरिक अगुवा र साविक बेलबारी गाउँविकास समितीले नेपाल टेलिकमलाई टावर बनाउन जग्गा उपलब्ध गराएको थियो । नेपाल टेलिकम भोगचलनका लागि दिईएको भनिएको करिब ६ कठ्ठा जग्गा हालसम्म प्रयोगविहीन अवस्थामा रहेको स्थानीयबासी बताउँछन् ।

कर्यालय सञ्चालन नगरेपनि सो जग्गा भने टेलिकमले घेराबार गरेर राखेको देखिन्छ । बाहिर ठुलो अक्षरमा निलो रङको साइनबोर्डमा ‘श्री नेपाल टेलिकम दुरसञ्चार कार्यालय बेलबारी मोरङ ’ भनेर लेखिएपनि त्यहाँ कार्यालय भने भेटिँदैन ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.