डेढ वर्षदेखि काठ र तारजालीको खोरभित्र बन्धक महिलाको उद्दार

डेढ वर्षदेखि काठ र तारजालीको खोरभित्र बन्धक महिलाको उद्दार

खोटाङ : डेढ वर्षदेखि काठ र तारजालीको खोरमा वन्धक बनाईएको खोटाङकी एक महिलालाई उद्दार गरिएको छ ।याे खबर आजको नेपाल समाचारपत्रमा छापिएकाे छ ।

२०७४ साल असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएलगत्तै बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्दार गरेको हो ।उद्दार गरिएकी महिलालाई श्रीमानकाे साथमा थप उपचारका लागि मङ्गलबारै काठमाडौं पठाइएको जनाइएको छ ।

स्थानीय चक्रबहदुर तामाङको जन्तरे छोराको श्रीमती रमिला विवाह बन्धनमा बाँधिएको सात वर्षपछि बहुलाएको आरोप लगाउँदै खोरमा बन्धक बनाईएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई गाउँपालिका प्रमुख भूपेन्द्र राईले प्रहरीको रोहबरमा उद्दार गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.