श्रेयाका हत्यारालाई आजीवन जेल सजाय

श्रेयाका हत्यारालाई आजीवन जेल सजाय

लेखनाथ : मुलुकी अपराध संहिता ऐन २०७४ लागु भएपछि मुलुकमै पहिलोपल्ट कास्की जिल्ला अदालतले प्रतिवादीलाई जीवित रहेसम्म कैद फैसला सुनाएको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

कास्कीको पुम्दीभुम्दीमा ९ बर्षीया बालिका श्रेया विकलाई बलात्कारपछि हत्या गर्ने २७ बर्षीय कुसुम पौडेललाई अदालतले बुभबार सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले गरेको यो फैसला नेपालको न्यायिक इतिहासमै पहिलो हो । अदालतका से्रस्तेदार जगन्नाथ पौडेलले संहिताको दफा ४१ ले गरेको व्यवस्थाबमोजिम सजाय निर्धारण भएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.