बौद्ध स्तुपामाथि अतिक्रमण, हजारौँ प्वाल पार्दा स्तुपा कुरुप

बौद्ध स्तुपामाथि अतिक्रमण, हजारौँ प्वाल पार्दा स्तुपा कुरुप

काठमाडौं : विश्व सम्पदा सुचीमा सुचीकृत बौद्ध स्तुपामा मेलम्ची घ्याङ गुठीले बिजुली राख्न भन्दै अतिक्रमण गरेको छ । गुठीले मापदण्ड विपरित बिनास्वीकृति बौद्ध स्तुपामा जथाभावि प्वाल खोजेपछि सरोकारवालाहरुले सो कार्यको विरोध गरेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले पुरातत्व विभागसँग स्वीकृति नै नलिई गुठीले आफुखुसी बत्ति हाल्नलाई प्वाल पारेको बताए ।

बत्ति राख्न भन्दै स्तुपामा हजारौँ प्वाला पार्दा स्तुपा कुरुप भएको छ, उनले भने । गुठीले स्तुपामा समेत प्वाल पारेको लामाले बताए ।लामाका अनुसार सो गैरकानुनी कामविरुद्ध पुरातात्व विभाग र संस्कृति मन्त्रालयमा आईतबारै उजुरी हालिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.