थप ८० प्रतिशत भत्ता माग गर्दै संसदका कर्मचारी आन्दोलित

थप ८० प्रतिशत भत्ता माग गर्दै संसदका कर्मचारी आन्दोलित

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले संघी संसदको हिउँदे अधिवेशन पुस ११ का लागि आह्वान गसिकेकी छिन्। अधिवेशन नजिकिँदै गर्दा संसद सचिवालयका कर्मचारी भने आन्दोलित छन्।याे खबर आजको नयाँ पत्रिका दैनिकमा छ।

सरकारले तलबबाहेकको भत्ता कटौती गरेको विरोधमा संसदका कर्मचारी आन्दोलित भएका हुन्। उनीहरूले बिहान १० देखि अपराह्न ४ बजेसम्म काम गर्दै आएका छन्। तर आगामी बुधबारको बैठकमा सहभागी हुने–नहुनेबारे कर्मचारीहरू टुंगोमा पुगिसकेका छैनन्।

सरकारले गत असारपछि सचिवालयका कर्मचारीले बुझ्दै आएको तलबबाहेक ८० प्रतिशत भत्ता तथा दैनिक खाजा–खानको रकम कटौती गरेको थियो। पहिलेकै सेवासुविधा निरन्तरताको माग कर्मचारीले गरे पनि संसदको व्यवस्थापन समितिले ५० प्रतिशत भत्ता र अतिरिक्त काम गरेबापत दैनिक २५० रुपैयाँ दिने निर्णय गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.