विराटनगर, पुस ६
सुबिसु क्यान इन्फोटेक २०१९ मा स्मार्ट सिटी मोडलिङ कम्पिटिशन हुने भएको छ । कम्प्युटर एशासिएशन नेपाल महासंघ(क्यान) मोरङको आयोजना र लिविङ विथ आइ. सि. टि.को सह आयोजनामा विराटनगरमा हुन लागेको सो मेलामा स्मार्ट सिटी मोडलिङ कम्पिटिशन हुने भएको हो ।
कम्पिटिसनमा इञ्जिनियरिङ कलेज तथा स्कुलका विद्यार्थी र प्रोफेसनलहरुले स्मार्ट सिटीका मोडलहरु तयार गरेर प्रस्तुत गर्न सक्ने क्यान इन्फोटेक २०१९ का प्रचारप्रसार संयोजक जयन्त बोथराले जानकारी दिए ।
विश्वमा सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएको विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले प्रदेश नम्बर १ को राजधानी विराटनगरमा प्रदेश र विराटनगरकै गरिमाको रुपमा राखिएको CAN INFOTECH 2019 पुस १९ गते देखि २३ गतेसम्म चल्ने छ ।