रवि ओड बने दोस्रो नेपाल आइडल

रवि ओड बने दोस्रो नेपाल आइडल

काठमाडौं,पुस ७
नेपाल आइडल सिजन–२ को विजेता रवि ओड बनेका छन् ।  शुक्रबार काठमाडौँमा सम्पन्न ग्राण्ड फिनालेमा रवि विजेता घोषित भएका हुन् ।

विजेता बनेका रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् ।

त्यस्तै सेकेण्ड रनरअप भएका सुमित पाठकले १२ लाख बराबरको चेक र ट्रफी पाए । थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारीले होन्डाको स्कुटर पाएकी छन् ।

अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, अन्नपूर्ण मिडिया नेटर्वकका निर्देशक सचन थापा नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.