मोरङको बुढिगंगामा दुईदिने युवा सम्मेलन सुरु

मोरङको बुढिगंगामा दुईदिने युवा सम्मेलन सुरु

विराटनगर, पुस ७
युवाहरुलाई प्रशिक्षणका माध्यमबाट समृद्धिको बाटोमा अभिप्रेरित जगाउने अभिप्रायका साथ मोरङको बुढिगंगामा दुईदिने युवा सम्मेलन सुरु भएको छ ।

सम्मेलनको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले शुक्रबार एक कार्यक्रमबिच उद्घाटन गरे । दुईदिने सम्मेलनमार्फत नगरभरिका ५ सय जना युवाहरुलाई प्रशिक्षण दिने लक्ष्य लिईएको सम्मेलन मूल आयोजक समितिका सचिव एवम सामाजिक अभियान्ता रीता न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा कानुन मन्त्री कार्कीले युवालाई समेटेर आयोजना गरिएका यस्ता कार्यक्रमको विशेष महत्व रहेको वताए । मन्त्री कार्कीले राज्यले गर्नु पर्ने काम युवाहरु आफैले संचालन गरेकोमा खुसी व्यक्त गर्दै कार्यक्रमका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि ब्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.