एजेन्सी, पुस ७
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मर्सिसाइड क्लब लिभरपुलले चार अंकको अग्रता लिदै उपाधि दावेदारिता थप बलियो बनाएको छ ।
प्रिमियर लिगअन्तर्गत वल्भ्सको मैदानमा शुक्रबार राति भएको खेलमा वल्भ्सलाई २–० ले पराजित गरेपछि लिभरपुलले दोस्रो स्थानाको म्यानचेस्टर सिटीसँग ४ अंकको अग्रता बनाएको हो ।
लिगमा अपराजित रहेको लिभरपुलको १८ खेलबाट ४८ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ४४ अंक छ । सिटीले लिगमा एक खेलमा हार बेहोरेको छ । सिटीले आज राति क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ ।
लिगमा अपराजित रहेको लिभरपुलको १८ खेलबाट ४८ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ४४ अंक छ । सिटीले लिगमा एक खेलमा हार बेहोरेको छ ।
खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाहले उच्च प्रदर्शन गरे । उनले एक गोल गर्नुका सार्थ अर्को गोलको लागि अवसर सिर्जना गरिदिए । खेलको १८औं मिनेटमा मोहम्मद सलाहले फाविन्होको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
जारी सिजन सलाहको यो १४औं गोल हो । ६८औं मिनेटमा सलाहकै पासमा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । यो जितसँगै लिभरपुल नयाँ वर्षसम्म प्रिमियर लिगको शीर्ष स्थानमा रहने पक्का भएको छ ।