धनपालथान गाँउपालिकाका मुस्लिम समुदायले अब दहेज नलिने

धनपालथान गाँउपालिकाका मुस्लिम समुदायले अब दहेज नलिने

विराटनगर,पुस ७
छोरीलाई दाइजो होइन पैत्रिक सम्पतिको अंश देउ भन्ने नाराका साथ मोरङका मुस्लिम समूदायले दहेज विरुद्ध अभियान शुरु गरेका छन् । दाइजो विरुद्ध १० दिने अभियान अन्तर्गत मोरङको धनपालथान गाँउपालिकाका मुस्लिम समुदायहरुले आज कर्सिया वजारमा ¥यालि निकालेर दहेज विरुद्धको अभियान शुरु गरेका हुन् ।

¥यालीपछि आयोजित कोणसभामा मुस्लिम समुदायका अगुवा तथा जनप्रतिनिधीहरुले दहेज लिनु र दिनु पाप हो भन्दै अव देखी छोराछोरीको विवाहमा दहेज नलिने र दहेजपनि नदिने सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा वोल्दै धनपालथान गाँउपालिका वडा न ६ का वडाध्यक्ष मोहमद हुसेनले दहेज प्रथाको अन्त्यका लागि अभियान शुरु गरेको भन्दै अभियानलाई घरघर सम्म पु¥याउनेमा जोड दिए ।

मुस्लिम अगुवा मौलाना सयदले दहेज विरुद्धको अभियानलाई सफल बनाउन यसको शुरुवात परिवार र समुदायवाट हुनुपर्ने बताए । यो अभियान मोरङको १७ वटै स्थानीय तहमा सुरु गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.