बालबालिकाहरुलाई पहिलो पाइलाको सहयोग

बालबालिकाहरुलाई पहिलो पाइलाको सहयोग

विराटनगर,पुस ७

विराटनगर महानगरपालिका-१९ का मुसहर दलित बालबालिकाहरुलाई पहिलो पाइला नेपालले न्यानो कपडा वितरण गरेको छ । संस्थाले न्यानो माया अभियान कार्यक्रम गरी २३ घरपरिवारका ४३ जना बालबालिकालाई शनिबार न्यानो कपडा प्रदान गरेको होे ।

गरिबीका कारण गाँस, बास र कपासका लागि समस्या बेहोरिरहेका मुसहर समुदायका बालबालिकालाई पहिलो पाइला नेपालले आयोजना गरेको कार्यक्रममा महानगरपालिका १९ का वडा अध्यक्ष बद्री सरदारले ब्लांकेट, सुईटर लगायतका न्यानो कपडा प्रदान गरे ।

समाजमा आई परेका समस्याहरुमा संस्थाका युवाहरुको सहयोगी हातहरु बढाउने प्रयासमा रहेको मोरङ शाखाका अध्यक्ष सुवास गौतमले बताए । उनले मुसहर समुदायका बालबालिकाहरुका लागि सहयोग गर्न सबैसँग आग्रहसमेत गरे ।

कार्यक्रममा वडा अध्यक्ष सरदार, संस्थाका केन्द्रिय महासचिव विजय खड्कालगायतले दलित बालबालिकाहरुलाई शिक्षा क्षेत्रमा अगाडी बढ्न आग्रह गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.