सवा २ करोडको रुद्राक्ष चोरी काण्ड : चार महिनामा पनि चोर पत्ता लागेन

सवा २ करोडको रुद्राक्ष चोरी काण्ड : चार महिनामा पनि चोर पत्ता लागेन

भोजपुर : भाजपुरको षडानन्द नगरपालिका–२ कुदाककाउले ताबुबाट चार महिनाअघि चोरी भएको सवा दुई करोडको रुद्राक्षमा संलग्नलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । रुद्राक्ष चोरी आरोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरले १ जनालाई पक्राउ गरेपनि प्रमाण नपुगेपछि छाडेको छ ।

रुद्राक्ष चोरी सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले घटनामा संलग्न कसैलाई पक्राउ नगरिएको र घटनाको बारेमा अनुसन्धान भईरहेको जनाए ।

स्थानीय हिमाल तामाङ र वीरबल राईले साझेदारीमा लगाएको करीब २ करोड १५ लाख मुल्य बराबरको रुद्राक्ष गत असोज २६ गते शुक्रबार बिहान ५ बजेतिर ७–८ जना हतियारधारी समुहले चोरेर भागेका थिए ।

उनीहरुले बगानमा रहेका चार जना हेरालुलाई कुटपिट गरेर रुद्राक्ष लुटेर लगेको बताईएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.