जनता आवास गरिबलाई उठिवास : घर भत्काएपछि कटेरामा बस्दै, शीतलहरमा झन् समस्या

जनता आवास  गरिबलाई उठिवास : घर भत्काएपछि कटेरामा बस्दै, शीतलहरमा झन् समस्या

काठमाडाैं : नयाँ घर बन्ने भएपछि सिरहाको कल्याणपुर नगरपालिका–८ मझौलियाका तारादेवी महराले पुरानो घर भत्काइन् ।

तर, दुई वर्ष भयो, न नयाँ घर बन्यो, न त पुरानो घर नै रह्यो । ‘बरु फुसकै घर ठीक थियो । सरकारलाई पत्याएर नयाँ बनाउन खोजेपछि दुःख पाइयो,’ ताराले भनिन् ।

नयाँ बन्ने आसमा भएको घर भत्काएका उनीहरूले गत वर्षको चिसो पनि कटेरोमै बिताए । यस वर्ष पनि तराईमा शीतलहर सुरु भएको छ । यो शीतलहरमा चार छोराछोरीलाई कसरी जोगाउने उनलाई पिरोलो हुन थालेको छ ।

‘पोहोर साल पनि शीतलहरले दुःख भयो, यो वर्ष पनि उस्तै छ । राम्रो ओढ्ने–ओछ्याउने छैन । भएको घर पनि भत्काएर गल्ती गरियो जस्तो लागेको छ,’ उनले गुनासो गरिन् । याे खबर  नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.