खैरो हेरोईन सहित २ पक्राउ

खैरो हेरोईन सहित २ पक्राउ

विराटनगर, पुस ८
१ नम्बर प्रदेश अन्तर्गत प्रहरीले झापा र सुनसरी जिल्लाबाट अवैध लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।झापाको मेचीनगर नगरपालिका–६ शिला पथ्थर होटलबाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित शनिवार २ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोईन सहित होटल संचालक ४८ वर्षीय लक्ष्मी प्रसाद भट्टराई र भारतको दार्जिलिङ बतासे बस्ने ४५ वर्षीय खेमल मण्डललाई पक्राउ गरेको हो ।

साँझ ५ बजेको समयमा लागूऔषध कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले होटलको १०६ नम्बरको कोठामा चेकजाँच गर्ने क्रममा १९ ग्राम ५ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन फेला परेको थियो ।

बरामद लागूऔषध सहित पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी सुनसरीको धरान उप–महानगरपालिका–८ भोटेपुलबाट प्रहरीले लागूऔषध सहित सोही स्थान बस्ने ३७ वर्षीय बिशाल बिश्वकर्मालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई चेकजाँच गर्ने क्रममा लागूऔषध स्पास्मोप्रोक्सिभन ५ सय ४ एम्पुल र २ सय ग्राम गाँजा फेला पारी बरामद गरेको हो । बरामद लागूऔषध सहित बिश्वकर्मालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.