काठमाडौं : मानव स्वास्थ्यमा गम्भीर असर पार्नेगरी न्यून गुणस्तरीय दूध बेचे पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ।
सरकारले दूध उत्पादक तथा बिक्रेतलाई जवाफदेही बनाउँदै उपभोक्तालाई स्वच्छ दूध उपलब्ध गराउने उद्देश्यले दूध मापदण्ड कार्यान्वयनमा ल्याएको हो।
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले दूधको नयाँ मापदण्ड तयार गर्दै ‘दुग्ध पदार्थमा स्वच्छता एवं गुणस्तरसम्बन्धी निर्देशिका, २०७५’ कार्यान्वयनमा ल्याएको छ। मापदण्ड उल्लंघन गरी दूध बेच्नेलाई निर्देशिका र खाद्य ऐनअनुसार कारबाही हुन्छ।
गुणस्तरहीन र दूषित दूध बिक्री गर्नेलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ वा दुवै सजाय हुने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए। विभागले पहिलोपटक निर्देशिका ल्याएको हो।, याे खबर आजको नागरिक दैनिकमा छ।