कदमको दाना खाएर १५ जना विद्यार्थी बिरामी

कदमको दाना खाएर १५ जना विद्यार्थी बिरामी

सुनसरी, पुस ९
सुनसरीको रामधुनी–६ मैनीमा कदमको दाना खाएर १५ जना बाल–बालिका बिरामी भएका छन् ।

आइतबार दिउँसो स्थानीय सरस्वती प्राथमिक बिद्यालय झोरीगाँउ मैनीमा पढेर घर फर्कने क्रममा बाटोमा कदमको दाना फुटाएर भित्रको दियोल खाएर रामधुनी–६ मुसहरी टोल बस्ने ३ देखी ८ बर्षका ६ जना र सुनसरी रामधुनी–६ ऋषीदेब टोल बस्ने ५ देखी १२ बर्ष सम्मका ९ जना बालबालिका बिरामी परेका हुन् ।

विरामी परेका बालबालिकाहरु मध्ये ८ जनाबक्लौरीमा रहेको स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने अन्य ७ जनालाई थप उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.