क्वालिटी बिस्कुटको लक्की ड्र सार्वजनिक

क्वालिटी बिस्कुटको लक्की ड्र सार्वजनिक

विराटनगर, पुस ९
थोक ब्यापारीलाई लक्षित गरी क्वालिटी बिस्कुटले ल्याएको ‘ह्याप्पी न्यु ईयर २०७५’ को लक्की ड्र सोमबार जनकपुरमा खोलिएको छ ।

जनकपुरको होटल सिटी स्टारमा कम्पनीका सञ्चालक श्याम काबरा तथा ब्यापारीहरुको रोहबरमा खोलिएको ड्र मा प्रथम पुरस्कारस्वरुप कुपन नं ७८७० ले हिरोहोण्डा मोटरसाईकल पाएको छ ।

यसअघि २०७४ चैत्र मसान्तसम्म लागु गरिएको ‘ इस्ट्रन स्टार ’ ड्र सञ्चालक काबरा र ब्यापारीहरुको रोहबरमा शनिबार विराटनगरमा खोलिएको थियो ।

विराटनगरको होटल ह्यारिसनमा खोलिएको सो ड्र मा प्रथम पुरस्कार १ लाख ५१ हजार कुपन नं ०५५३ लाई परेको थियो । क्वालिटी बिस्कुटले ‘ह्याप्पी न्यु ईयर २०७५’ र ‘ इस्ट्रन स्टार ’ अफर मेचीदेखि विरगंजसम्म लागू गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.