सुनसरीका अवधलाल र गणेश भए मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी

सुनसरीका अवधलाल र  गणेश भए मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर, पुस ९
जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक अवधलाल साह सोनार र प्रहरी जवान गणेश खवास २०७५ साल मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने र सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

विभागीय मुल्य, मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले दक्षिण सिमावर्ती एरियाहरुबाट हुने चोरीरतस्करी नियन्त्रण, फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भूमिका निर्वाह, विभिन्न आपराधिक समूहमा रही अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुलाई उच्च मनोवल र साहसका साथ कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने कार्य गरेकोले इलाका प्रहरी कार्यालय मिर्चैया, सिराहा दरवन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायब निरीक्षक अवधलाल साह सोनार र इलाका प्रहरी कार्यालय छिटाहा, सुनसरी संचार दरवन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान गणेश खवासलाई निजहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७५ साल मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरीकार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.