विराट आँखा अस्पतालमा अवैध भारुको कारोबार

विराट आँखा अस्पतालमा अवैध भारुको कारोबार

विराटनगर : विराटनगरस्थित मलाया रोडमा सञ्चालित विराट आँखा अस्पतालले सरकारको निर्णय विरुद्ध प्रतिबन्धित भारतीय रुपैँया लेनदेन गरिरहेको पाईएको छ ।

पुर्व क्षेत्रमै विराटनगर आँखा अस्पताल उपचारका लागि अब्बल मानिन्छ । भारतको विहार, उत्तरप्रदेश, पश्चिम बंगाल लगायतका ठाउँहरुबाट भारतीयहरु विराटनगरमा आँखाको उपचार गर्न आउँछन् ।

आँखाको उपचार गर्न आउने बिरामीले प्रतिबन्धित नोट लिएर आउने हुँदा अरु अस्पतालले सो रकम लिएर उपचार गर्न आनाकानी गरे पनि सो अस्पतालले सबै प्रकारका भारतीय नोट लिएर उपचार गर्ने गरेको अस्पतालले जनाएको छ ।

रोडशेष चोक नजिकै रहेको विराटनगर आँखा अस्पतालले सबै किसिमका भारतीय नोट लिने गरेको छ ।विराटनगर आँखा अस्पतालका प्रबन्धक राजकुमार मण्डलले बिरामीको समस्यालाई बुझेर सबै रकम लिने गरेको बताए ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.