वडाका सबै विद्यालयमा अङ्ग्रेजी माध्यम, बोर्डिङका विद्यार्थी तानिए

वडाका सबै विद्यालयमा अङ्ग्रेजी माध्यम, बोर्डिङका विद्यार्थी तानिए

विराटनगर  : महानगरको ६ नम्बर वडाका सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाई सुरु भएपछि बोर्डिङका विद्यार्थी तानिएका छन् ।

विराटनगरका १९ मध्ये सो वडामा मात्रै सबै विद्यालय अङ्ग्रजी माध्यममा गएका हुन् । वडाका तीन वटा सरकारी विद्यालयमा अङ्ग्रजी माध्यमबाट पढाउन ५ जना नयाँ शिक्षक नियुक्त गरिएको छ ।

धरणीधर आधारभुत विद्यालयमा गत वर्ष १ सय ५० विद्यार्थी रहेकोमा यस वर्ष ३ सय पुगेको वडा अध्यक्ष विजय कामतले बताए ।वडाअध्यक्ष कामतका अनुसार गत जनचेतना प्राथमिक विद्यालयमा गत वर्ष २० जना मात्रै विद्यार्थी भएकोमा यस वर्ष १ सय ३५ पुगेका छन् ।

शिक्षा सदन माविमा गत वर्ष बाल कक्षामा २५ र कक्षा १ मा २९ विद्यार्थी थिए । यस वर्ष बाल कक्षामा ३५ र कक्षा १ मा ४३ विद्यार्थी अध्ययनरत छन् ।

महानगरले सहयोग नगरेपनि वडा कार्यालयले भने विद्यालयका लागि ४ लाखका दरले बजेट छुट्याएको छ ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.