बैंककै कमजाेरीले यसरी भयाे ठगी , बैंकमा ७८ हजार रूपैयाँ राख्दा ७८ लाख ?

बैंककै कमजाेरीले यसरी भयाे ठगी , बैंकमा ७८ हजार रूपैयाँ राख्दा ७८ लाख ?

काठमाडौं : बैंकको प्राविधिक कमजोरीका कारण अनौठो ठगी भएको सार्वनिक भएको छ। राष्ट्रिय वाणिज्य बैंकको कमजोरीलाई आधार बनाएर नागढुंगा बस्ने सञ्जय श्रेष्ठले सजिलैसँग ७८ लाख रुपैयाँ ठगी गरेको खुलासा भएको छ।

बैंक ठगीको आरोपमा श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेको हो। एक रुपैयाँ बैंकमा डिपोजिट गर्दा खातामा सिधै एक डलर जम्मा हुने गरेको र पटक–पटक गरी ७८ हजारसम्म जम्मा गरेर ७८ हजार डलर खर्च गरेको खुलेको हो।

गतवर्ष श्रेष्ठले वाणिज्य बैंकको न्युरोड शाखामा खाता खोलेका थिए। सो खातामा अनलाइन बैंकिङ, मोबाइल बैंकिङ तथा मोबाइल वालेटमार्फत पैसा जम्मा गरे त्यसरी पैसा ट्रन्सफर गर्दा अचम्मै भयो, रुपैयाँमा जम्मा गर्दा सिधै डलर भयो।

बैंकको कोर बैंकिङ सिस्टम (सीबीएस)ले राम्ररी काम नगर्दा यस्तो भएको थियो तर, बैंकले चालै पाएन। याे खबर आजको नयाँ पत्रिकामा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.