दशगजा मिचेर भारतीय पक्षले बनाएको सडक पुरियो

दशगजा मिचेर भारतीय पक्षले बनाएको सडक पुरियो

विराटनगर : मोरङको जहदा गाउँपालिका– १ कालाबञ्जारस्थित दशगजा मिचेर भारतीय पक्षले बनाउन लागेको सडक मङ्गलबार पुरिएको छ ।

नेपाल भारत अन्तराष्ट्रिय सीमाक्षेत्रमा दशगजा मिचेर भारतीयपक्षले सडक बनाउन लागेको थियो । जहदा गाउँपालिका वडा नं.१ कालाबञ्जार र भारततर्फ अररिया कुस्माह ग्राम पञ्चायत ४ आमगाछी भन्ने ठाउँमा सीमा स्तम्भ नं. १७४ र दुई सहायक सीमास्तम्भदेखि ५०० मिटर पश्चिम भारततर्फको दशगजाभित्र पर्ने १ सय ५० मिटर कच्ची बाटो दुवै देशका सीमा सुरक्षा अधिकारीले समन्वय गरेर पुरेको हो ।

केही दिनअघिदेखि सो सडक निर्माण गर्न भारतीय पक्षले काम तिव्र रुपमा सुरु गरेका थियो । अन्तराष्ट्रिय सन्धी सम्झौता विपरीत एकपक्षियरुपमा भारतीय पक्षले दशगजा मिचेर निर्माण सुरु गरिएको सो सडक एक्साभेटर प्रयोग गरेर पुरेको हो ।

नेपाल तथा भारततर्फको सुरक्षा अधिकारीबीच मंगलबार बिहान भएको छलफलपछि सडक खनेर निकालिएको माटो फेरी खनिएकै ठाउँमा हालेर पुरेको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.