छतबाट लडेर युवतीको मृत्यु

छतबाट लडेर युवतीको मृत्यु

विराटनगर,पुस ११
मोरङको बिराटनगर महानगरपालिका–१ शंकरपुरमा आफ्नै घरको छतबाट लडेर एक युवतीको मृत्यु भएको छ ।

आज दिउँसो साढे १२ बजेको समयमा आफ्नै छतमा घाम तापी रहेकी २२ बर्षिया उषा गौतम अचानक भुईमा लड्दा गम्भीर घाईते भएकी थिइन् ।

घाईतेलाई उपचारको लागि विराटनगरको बिराट अपताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भईरहेको सो कार्यलयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.