नेबिसंघ पर्साको बैठकमा खुकुरी हानाहान

नेबिसंघ पर्साको बैठकमा खुकुरी हानाहान

वीरगन्ज : पर्सामा नेविसंघको गाउँपालिका अधिवेशन गराउने विषयमा छलफल गर्न बसेको बैठकमा खुकुरी प्रहार भएको  छ ।

ठाकुरराम बहुमुखी क्याम्पस इकाई उपाध्यक्ष समिर हुसैनमाथि खुकुरी प्रहार भएको हो । टाउकोमा चोट लागेपछि उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।रोशन सिंह भनिने मुन्ना सिंहले समिर मन्सुरीलाई खुकुरी हानेको आरोप लागेको छ ।

तर,बचाउन गएका उपाध्यक्ष समिर हुसैनलाई खुकुरीले लागेको प्रत्यक्षदर्शीले बताएका छन् । कांग्रेसभित्रको गुट उपगुटका कारण विद्यार्थीहरुबीच खुकुरी हान्नेसम्मको घटना भएको कांग्रेसका एक नेताले बताए । आजको नेपाल समाचारपत्रले खबर छापको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.