मेलम्ची आयोजनाको सुरुङ निर्माणमा संलग्न सबै इटालियन प्राविधिकले नेपाल छाडे

मेलम्ची आयोजनाको सुरुङ निर्माणमा संलग्न सबै इटालियन प्राविधिकले नेपाल छाडे

काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी ई–सेमेन्टेस्टी (सिएमसी दी रेभेन्ना) मा कार्यरत सबै प्राविधिक स्वदेश फर्किएका छन् ।

अध्यागमन विभागका अनुसार ६ जना सोमबार र २१ जना त्यसअघि नै फर्किएका हुन् ।मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ठेकेदार कम्पनीका सबैले नेपाल छाडेको बताए ।

उनले भने, ‘सुरुङ निर्माणमा आबद्ध ठेकेदार कम्पनीका सबैले नेपाल छाडेका छन् । क्रिसमस मनाउन भन्दै उनीहरू जान खोजे । छाडेको काममा पछि फर्किन्छौँ भने । त्यसपछि कसैलाई रोक नलगाउन आदेश दिइएको हो ।’, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.