अबैध समान बरामद गरी भन्सारमा बुझाईयो

अबैध समान बरामद गरी भन्सारमा बुझाईयो

विराटनगर , पुस १२
मोरङको विराटनगर महानगरपलिका–१४ बाट ३ लाख ४६ हजार रुपयाँ बराबरको अबैध समान बरामद भएको छ ।

बुधवार दिउँसो ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले को १ ह ७७१७ नम्बरको टेम्पोमा भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको उक्त मुल्य बराबरको लत्ता कपडा बरामद गरेको हो ।

गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्ना साथ टेम्पो चालक भने फरार भएका थिए ।

फरार रहेका टेम्पो चालकको खोजतलास भईरहेको छ भने टेम्पो र बरामद भएको समान आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.