जलवायु परिवर्तन सम्बन्धि युवा सम्मेलन विराटनगरमा सुरु

जलवायु परिवर्तन सम्बन्धि युवा सम्मेलन विराटनगरमा सुरु

विराटनगर,पुस १२
जलवायु परिवर्तन सम्बन्धि छैठौं राष्ट्रिय युवा सम्मेलन बिहीबारबाट विराटनगरमा सुरु भएको छ । जलवायुकालागि नेपाली युवाहरुको सञ्जालद्वारा आयोजित तीनदिने सम्मेलनमा देशभरिका सातै प्रदेशका ५८ जिल्लाका युवाहरुको सहभागिता छ ।

सम्मेलनमा जलवायु परिवर्तन सम्बन्धि विभिन्न १० वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । सम्मेलनमा क्लीन इनर्जी नेपाल,स्वच्छ उर्जा नेपाल,दिगो विकास,वाइपैड नेपाल र ग्रिन हुड नेपाल लगायत संस्थाका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाकी नेटवर्क कोअर्डिनेटर सञ्जु श्रेष्ठले जानकारी दिईन् ।

उनले सम्मेलनमा अनुभवको आदानप्रदान गरिनुका साथै जलवायु परिवर्तनसंग जुध्न युवाहरुको क्षमता अभिबृद्धि गरिने बताइन् । सम्मेलन १४ गते विराटनगर घोषणापत्र जारी गर्दे सकिनेछ । जारी भएको घोषणापत्र वातावरण मन्त्रालयका साथै विराटनगर महानगरपालिकालाई समेत बुझाईने कार्यक्रम छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.