विराटनगर,पुस १२
मोरङको विराटनगर महानगरपलिका–१४ बाट १ लाख २५ हजार रुपैँया बराबरको अबैध समान बरामद भएको छ ।
आज दिउँसो सिआभी जतुवाको प्रहरी टोलीले भारतको जोगवनीबाट अबैध रुपमा भन्सार छलि ल्याएको किराना समान, लत्ता कपडा र खेलौना गरी उक्त मुल्य बराबरको समान बरामद गरेको हो ।
बरामद भएको समान आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।