मानवीय क्षतिपछि अनुगमनमा निस्कियो वाणिज्य कार्यालय

मानवीय क्षतिपछि अनुगमनमा निस्कियो वाणिज्य कार्यालय

विराटनगर, पुस १२
पछिल्लो समय मोरङमा खाना पकाउने ग्याँस पडकिएर मान्छेको ज्यानै समेत गएपछि अनुगमनका लागि वाणिज्य कार्यालय तातेको छ । ग्यास पड्किएर मानवीय तथा भौतिक क्षतिका घटना बढेपछि कार्यालय र उपभोक्तावादी संघसंस्थाहरुले अनुगमन सुरु गरेका छन् ।

बाणिज्य कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङ लगायतका कार्यालय र अन्य उपभोक्तावादी संघसंस्थाहरुले बिहीबार ग्याँस उद्योगहरुको अनुगमन गरेका हुन ।

टोलीले क्रममा मोरङको बुढीगंगामा रहेका कोशी ग्याँस र रिजालको ग्याँसको अनुगमन गरेको छ । कोशी ग्याँसमा अनुगमनका क्रममा बजारबाट आएको सिलिन्डरहरुलाई पुनःबजारसम्म पठाउनको लागि हाइड्रोलिक प्रेसर दिएर पठाउने गरेको पाइएको छ ।

तर बजारबाट आएको पुरानो सिलिन्डर पुन चलाउने वा चलाउन नहुने बिषय स्पष्ट नदेखिएकाले त्यसलाई पुष्टि हुने आधारसहित ३ दिन भित्रमा वाणिज्य कार्यालय विराटनगरमा उपस्थित हुन निर्देशन दिइएको वाणिज्य कार्यालय प्रमुख हिमालय बरालले बताए ।

यस्तै रिजालको ग्याँस उद्योगमा मेकानिकल व्यवस्था गर्न निर्देशन दिइएको छ भने अन्य अवस्था सामान्य रहेको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.